काठमाडौं। आज बिहिबार १५ गतेका लागि नेपाली बजारमा सुनचाँदीको मूल्य सार्वजनिक भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फाइन गोल्ड (९९९९ शुद्धता) प्रति तोला रु १,८७,८०० मा कारोबार भइरहेको छ।
यसअघि बुधबार सुनको मूल्य रु १,८९,३०० रहेको थियो। आज सुनको मूल्यमा झन्डै रु १५०० ले गिरावट आएको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य प्रति तोला रु १,९९५ कायम छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक बजारको माग, अन्तर्राष्ट्रिय बजारको दर र भन्सार तथा डलरको दरमा भएको उतारचढावलाई आधार मानेर मूल्य निर्धारण गर्दै आएको छ।
सुनचाँदी कारोबारमा संलग्न व्यवसायीले बजारमा माग घटेका कारण सुनको मूल्यमा गिरावट आएको बताएका छन्।
15 Jestha 2082, Bihibar 02:46 मा प्रकाशित
581
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar