बागलुङ (रासस), तिहार पर्वको एउटा महत्वपूर्ण हिस्साको रुपमा देउसी भैलोलाई लिइन्छ । तर, पछिल्लो समय यसको मौलिकता हराउँदै गएको छ । तिहार सुरु भएसँगै गाउँ तथा शहर जताततै देउसीभैलोको रौनक छ ।
बालबालिकादेखि बुढापाकासम्मलाई देउसी भैलोले छोएको छ । गाउँ, टोल र छिमेक संगीतमय बनेको छ । यमपञ्चक सुरु भएपछि बागलुङ बजारका चोक–चोकमा देउसीभैलो खेल्नेहरुको भिड नै छ ।
उनीहरुले गाउने गीत र नाचमा कुनै मौलिकता भने पाइँदैन । पाइन्छन् त केवल ‘रेकर्डेड’ पप, आधुनिक र र्याप गीत । पहिलेका देउसीमा सोरठी, मारुनी नाच देखिन्थे भने अहिले ती देख्न त के सुन्न पनि छाडिसके । आधुनिकताको प्रभावले परम्परागत देउसीभैलो हराउँदै गएको बुढापाका बताउँछन् ।
प्रविधिको विकासले देउसीभैलोको मौलिकता हराएको युवाहरु पनि स्वीकार गर्छन् । ग्रामीण क्षेत्रमा अहिले पनि अग्रजबाट परम्परा र मौलिकता सिक्ने गरे पनि सहर बजारमा त्यो पाइँदैन ।
देउसी भैलो मात्रै नभई बागलुङमा रहेका अन्य मौलिक कला र संस्कृतिहरु पनि संकटमा पर्दै गएका छन् । यसको संरक्षणमा स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने देखिन्छ ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar