देशका पहाडी भूभागमा आंशिक बदली, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

weather forecast

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा हाल पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतः सफा रहेको छ।

सोमबार: देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्छ।

मंगलबार: कर्णाली, सुदूरपश्चिम र अन्य पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।

बुधबार: देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्छ।

मौसमविद्हरूका अनुसार हिमपात र वर्षाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पार्न सक्छ, त्यसैले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया