काठमाडौँ। यातायात व्यवसायीहरूले आज (सोमबार) देखि देशभरी अनिश्चितकालीन रूपमा सार्वजनिक यातायात सेवा बन्द गर्ने घोषणा गरेका छन्।
‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सोमबारदेखि सबै सार्वजनिक सवारी साधन ग्यारेजमा थन्क्याउने निर्णय भएको जानकारी दिएको छ।
गण्डकी प्रदेश सरकारले निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई ‘राइड सेयरिङ’को नाममा भाडामा दिन सकिने नियमावली जारी गरेपछि यातायात व्यवसायीहरूले त्यसको खारेजी माग गरेका थिए। सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ समाधानको प्रयास गर्दा पनि सुनुवाइ नहुँदा आन्दोलनमा उत्रिन बाध्य भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।
‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले आइतबार जारी गरेको विज्ञप्तिमा यस बन्दले आम उपभोक्ता, यात्रु, मजदुर र कर्मचारीहरूलाई असर पर्ने भए पनि सम्पूर्ण जिम्मेवारी सरकारको हुने स्पष्ट पारिएको छ। समितिले सबै सरोकारवाला निकायलाई यातायात बचाउन सहयोग गर्न हार्दिक अपिल गरेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar