देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं। नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। पश्चिमी वायु र स्थानीय वायुको प्रभावले गर्दा केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हल्का वर्षा हुने सम्भावना रहेको छ।

बिहानैदेखि काठमाडौं उपत्यकामा आंशिक बदली देखिएको छ भने दिउँसो र बेलुका तिर मौसममा थप बदलीको संभावना रहेको छ। महाशाखाका अनुसार, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा मध्यम वर्षाको सम्भावना छ।

कोशी र लुम्बिनी प्रदेशमा पनि आंशिक बदलीसहित एक–दुई स्थानमा मेघगर्जन र हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। मधेश प्रदेशमा भने मौसम प्रायः सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

कोशी प्रदेशका केही स्थानहरूमा देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ। यस कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ ।

प्रतिक्रिया