काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि समस्या समाधान आयोगका ७७ वटै जिल्ला शाखाहरूले भूमिहिन, दलित र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न क्रियासिल रहेको बताएका छन्। केही महिनाभित्रै लाखौंले लालपुर्जा पाउने गरी काम भइरहेको मन्त्री अधिकारीको भनाई छ।
भूमि समस्या समाधान आयोग केन्द्रिय कार्यालयले आयोजना गरेको बार्षिक समिक्षा गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले भूमि समस्या समाधानका लागि यो आयोग नै अन्तिम हुने र यसले सबै खाले समस्याको हल गर्ने दावी गरे।
राजनीतिक चेपुवामा परेर धेरै पटक आयोग बन्ने, विघटन हुने श्रृङ्खला चलिरहेकोमा वर्तमान सरकारले आयोगलाई स्पष्ट निर्देशन सहित विघटन नहुने र सबै समस्या हल गर्ने गरी जिम्मेवारी प्रदान गरेको स्मरण गरे।
२०८१ साल काक्तिक १३ गते गठन भएको यो आयोगले ८ महिनाको समयमा ७७ जिल्लामा शाखा खोल्ने, भूमिहिनको लगत सङ्कलन गर्ने र लालपुर्जा वितरणको काममा समेत ध्यान दिएको बताए।
कार्यक्रममा प्रधानमन्त्री केप शर्मा ओलीले भूमि समस्या समाधानका लागि मन्त्री अधिकारीले बिशेष पहलकदमी लिएको भन्दै आफुले गोष्ठिको उद्घाटन नगरी मन्त्री अधिकारीमार्फत समुद्घाटन गराएका थिए।
कार्यक्रममा सबैलाई लालपुर्जा दिएर इतिहास रच्न प्रधानमन्त्रीले सबैलाई निर्देशन समेत दिए।
आयोगका अध्यक्ष हरि प्रसाद रिजालको अध्यक्षतामा भएको गोष्ठिमा सात वटै प्रदेशका भूमिब्यवस्था मन्त्रीहरू, संघीय सरकारका गृहमन्त्री रमेश लेखक, ७७ वटै जिल्लाका भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरूलगायतको सहभागीता रहेको थियो।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar