काठमाडौँ। हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा आएको छ। उद्योगको यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मंगलबार देखि सिमेन्ट उत्पादनका गर्न चुनढुंगा तयार पार्न प्रारम्भ भएको छ।
उद्योगका अनुसार एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ भने अब दैनिक रूपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिइएको छ। वि.सं. २०३३ मा जडान गरिएका यन्त्र थोत्रा भएकाले नयाँ खरिद गर्नुपर्नेमा पनि जोड दिइएको छ।
नेपाल विधुत प्राधिकरणलाई बिजुली महसुल र कर्मचारीलाई पारिश्रमिकको व्यवस्था गर्न कठिन भएको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव भएकाले उद्योगका समस्या समाधानमा सरकारले सघाउने विश्वास लिएको उद्योगले जनाएको छ।
5 Baisakh 2082, Shukrabar 11:23 मा प्रकाशित
436
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar