यी स्थानमा आज मेघगर्जन चट्टयाङसहित पानी पर्ने सम्भावना

weather forecast

काठमाडौँ। अहिले काठमाडौं उपत्यकाका केही स्थानसहित बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

दिउँसो पनि यी स्थानमा मेघगर्जन चट्टयाङसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हिमपात सम्भावना छ। यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। 

मधेस, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी तथा स्थानीय वायुको साथै जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ। जसका कारण अबको केही दिन बदली र वर्षाको सम्भावना रहने महाशाले जनाएको छ।  

प्रतिक्रिया