काठमाडौँ। पियोर इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने आज मंगलबार वैशाख २ गते अन्तिम दिन हो।
लगानीकर्ताले यसमा आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। सीडीएसका अनुसार सोमबार (चैत ३१ गते) साँझ ५ः०७ बजेसम्ममा १६ लाख ३४ हजार ४८९ जनाले १ करोड ९२ लाख ९४ हजार ७६० कित्ताको लागि आवेदन परेको छ। यो सर्वसाधारणहरूका लागि खुला गरिएको सेयरलाई आधार मान्दा आवेदन १६.१४ गुणा बढी हो।
पियोर इनर्जीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रूपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको हो।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ। बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ।
कम्पनीले यसअघि स्थानीयलाई जारी पुँजी ८० करोड रूपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रूपैयाँ बराबरको १ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको छ। यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि पनि १ लाख ४४ हजार कित्ता सेयर बिक्री गरिसकेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar