काठमाडौँ। विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंक लि. ले मलेसियास्थित सि.बि.एल. मनी ट्रान्सफरसंग औपचारिक सम्झौता गरेको छ।
माछापुच्छ्रे बैंकले मलेसियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ मलेसियास्थित सि.बि.एल. मनि ट्रान्सफरसँग सहकार्य गरी यहि मिति २०८२/०१/ १५ गते सोमबार देखि विधिवत रूपमा रेमिटेन्स सेवा शुरूवात गरेको हो।
रेमिट्यान्स सम्बन्धी उक्त सम्झौतापत्रमा सि.बि.एल. मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौतापछि अब मलेसियामा रहेका नेपालीहरूले मलेसियास्थित सि.बि.एल. मनी ट्रान्सफरका १५ वटा शाखा, र सि.बि.एल. मनी ट्रान्सफरको सिटी रेमिट एप बाट MBL REMIT गरी नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरू, ९९ शाखा रहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्टमार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ।
साथै सि.बि.एल. मनी ट्रान्सफर र सिटी रेमिट एपबाट MBL REMIT गरि पठाइएको रेमिटेन्स नेपालका जुनसुकैै बैंक खातामा तुरून्त जम्मा हुने व्यवस्था बैंकले मिलाएको छ।
मलेसियामा रहेका नेपाली कामदारहरूको सुबिधाको लागि माछापुच्छ्रे बैंकले मलेसियाकै मोबाइल नम्बरमा माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप (MBL M-Smart) को सेवा पनि उपलब्ध गराएको छ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पूर्व देखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १६५ वटा शाखाहरू, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरू मार्फत १७ लाख भन्दा बढि ग्राहक महानुभावहरूलाई अत्याधुनिक प्रविधि सहित सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar