काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ६३ पैसा र बिक्री दर १३४ रूपैयाँ २३ पैसा रहेको छ। युरोपियन यूरो एकको खरिद दर १४९ रूपैयाँ १४ पैसा र बिक्रीदर १४९ रूपैयाँ ८१ पैसा, बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७८ रूपैयाँ ९४ पैसा र बिक्री दर १७९ रूपैयाँ ७४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १५८ रूपैयाँ २८ पैसा र बिक्री दर १५८ रूपैयाँ ९९ पैसा रहेको छ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ९२ रूपैयाँ ५ पैसा र बिक्री दर ९२ रूपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ रूपैयाँ १६ पैसा र बिक्री दर ९९ रूपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०४ रूपैयाँ २२ पैसा र बिक्री दर १०४ रूपैयाँ ६९ पैसा रहेको छ।
त्यसैगरी, जापानी येन १० को खरिद दर ९ रूपैयाँ ३३ पैसा र बिक्री दर ९ रूपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रूपैयाँ ६ पैसा र बिक्री दर १९ रूपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ६२ पैसा र बिक्री दर ३५ रूपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ६६ पैसा र बिक्री दर ३६ रूपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विस्तृत तालिकामा हेर्नुहोस्
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar