आज अमेरिकी डलर १३९ रुपैयाँ ५० पैसा अन्य लाइ कति

foreign exchange

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबार का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलरको खरिद दर १३८ रुपैयाँ ९० पैसा र बिक्री दर १३९ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

यसैगरी, युरोपियन युरोको खरिद दर १५० रुपैयाँ ९५ पैसा र बिक्री दर १५१ रुपैयाँ ६० पैसा, युके पाउन्ड स्टर्लिङको खरिद दर १७९ रुपैयाँ ८५ पैसा र बिक्री दर १८० रुपैयाँ ६२ पैसा, स्वीस फ्र्याङ्कको खरिद दर १५७ रुपैयाँ ४७ पैसा र बिक्री दर १५८ रुपैयाँ १५ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलरको खरिद दर ८७ रुपैयाँ ३५ पैसा र बिक्री दर ८७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलरको खरिद दर ९६ रुपैयाँ ६० पैसा र बिक्री दर ९७ रुपैयाँ ०२ पैसा, सिङ्गापुर डलरको खरिद दर १०४ रुपैयाँ ०१ पैसा र बिक्री दर १०४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३८ पैसा र बिक्री दर ९ रुपैयाँ ४२ पैसा, चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ १७ पैसा र बिक्री दर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियालको खरिद दर ३७ रुपैयाँ ०४ पैसा र बिक्री दर ३७ रुपैयाँ २० पैसा, कतारी रियालको खरिद दर ३८ रुपैयाँ ११ पैसा र बिक्री दर ३८ रुपैयाँ २७ पैसा कायम गरिएको छ।

थाई भाटको खरिद दर ४ रुपैयाँ ११ पैसा र बिक्री दर ४ रुपैयाँ १३ पैसा, युएई दिरामको खरिद दर ३७ रुपैयाँ ८२ पैसा र बिक्री दर ३७ रुपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेटको खरिद दर ३१ रुपैयाँ ३० पैसा र बिक्री दर ३१ रुपैयाँ ४३ पैसा रहेको छ।

साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ५४ पैसा र बिक्री दर ९ रुपैयाँ ५९ पैसा, स्वीडिस क्रोनरको खरिद दर १३ रुपैयाँ ६५ पैसा र बिक्री दर १३ रुपैयाँ ७१ पैसा, डेनिस क्रोनरको खरिद दर २० रुपैयाँ २४ पैसा र बिक्री दर २० रुपैयाँ ३३ पैसा तोकिएको छ।

त्यस्तै, हङकङ डलरको खरिद दर १७ रुपैयाँ ८७ पैसा र बिक्री दर १७ रुपैयाँ ९५ पैसा, कुवेती दिनारको खरिद दर ४५० रुपैयाँ ८४ पैसा र बिक्री दर ४५२ रुपैयाँ ७९ पैसा, बहराइन दिनारको खरिद दर ३६८ रुपैयाँ ४७ पैसा र बिक्री दर ३७० रुपैयाँ ०७ पैसा, ओमनी रियालको खरिद दर ३६० रुपैयाँ ७९ पैसा र बिक्री दर ३६२ रुपैयाँ ३५ पैसा रहेको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रतिक्रिया