काठमाडौं | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मुख्यतः स्थानीय वायू र पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने अन्य अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहेको जानकारी विभागले दिएको छ।
मंगलबार (आज) को दिनभर, कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
बुधबार पनि कोशी र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक-दुई स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ। ती प्रदेशका उच्च हिमाली क्षेत्रमा समेत हल्का हिमपात हुने सम्भावना रहेको छ।
मौसमविद्हरूले मेघगर्जन, चट्याङ, वर्षा तथा हिमपातका कारण कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातजस्ता दैनिक गतिविधिहरू प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेषगरी हिमाली भेगमा यात्रारत यात्रुहरू र कृषकहरूका लागि आवश्यक सावधानी अपनाउन सल्लाह दिइएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar