काठमाडौँ। भारतीय अवरोधकै बाबजुत पनि चालु आर्थिक वर्षको पहिलो ९ महिनामा २ अर्ब १९ करोड रूपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर (अर्धप्रशोधित सिमेन्ट) निर्यात भएको छ।
साउनदेखि चैतसम्मको अवधिमा १२ लाख ३६ हजार ४३६ टन सिमेन्ट र क्लिंकर भारत तर्फ निर्यात भएको भन्सार विभागले जनाएको छ।
जसमा ६४ करोड रूपैयाँ बराबरको चार लाख ८० हजार ७९४ टन क्लिंकर र एक अर्ब ५५ करोड रूपैयाँ बराबरको तयारी सिमेन्ट ७ लाख ५५ हजार ६४३ टन निर्यात भएको देखिन्छ।
भारत सरकारले ब्युरो अफ इन्डियन स्टान्डर्ड (बीआइएस) नविकरण नगरिदिँदा सिमेन्टको निर्यात प्रभावित भएको हो। अर्घाखाँची, बालाजी लगायत सिमेन्टको बीआइएस नविकरण नहुँदा महिनौं निर्यात रोकियो।
भारतले ढिलै भएपनि चैतमा बीआइएस नविकरण गरिदिएको हुनाले वैशाखमा सिमेन्टको निर्यात पुनः लयमा फर्किने अपेक्षा उद्योगीको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar