भोली शनिबार यी ४ बैंकका शाखा कार्यालयहरू खुल्ला रहने

काठमाडौँ। असार २८ गते अर्थात भोली शनिबार सार्वजनिक बिदाको दिन एनएमबि बैंकले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै विभिन्न स्थानमा शाखा कार्यालयहरू खुल्ला गर्ने भएको छ। 

बैंकको कोशी प्रदेश अन्तर्गत विर्तामोड, दमक र इटहरी, मधेश प्रदेश अन्तर्गत विरगञ्ज, जनकपुर र लाहान, बागमती प्रदेश अन्तर्गत न्यूरोड, बनेपा, भक्तपुर, टेकु, लायन्स चोक हेटौँड, गण्डकी प्रदेश अन्तर्गत चिप्लेढुङ्गा, लुम्बिनि प्रदेश अन्तर्गत भैरहवा, कारकाँदो, सुदूरपश्चिम प्रदेश अन्तर्गत धनगढी, चौराहा, लम्की र फुलबारी शाखा कार्यालयहरू बिहान १०:०० बजेदेखी अपरान्ह ४:०० बजे सम्म खुल्ला रहने बैंकले जनाएको छ। 

May be an image of text

लक्ष्मी सनराइज बैंक

असार २८ गते अर्थात भोली शनिबार सार्वजनिक बिदाको दिन लक्ष्मी सनराइज बैंकले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै विभिन्न स्थानमा शाखा कार्यालयहरू खुल्ला गर्ने भएको छ।

बैंकको कोशी प्रदेश अन्तर्गत दमक, विर्तामोड, तिनपैनी, इटहरी, धनकुटा एक्सटेन्सन काउन्टर मधेश प्रदेश अन्तर्गत बर्दिबास, लाहान, राजबिराज, जनकपुर (भानुचोक), विरगञ्ज (लिङ्करोड), बागमती प्रदेश उपत्यका भित्र हात्तीसार, पुल्चोक र गैह्रीधारा, बागमती प्रदेश उपत्यका बाहिर नारायणगढ (लायन्सचोक), हेटौँडा, गण्डकी प्रदेश अन्तर्गत अमरसिंह पोखरा, लुम्बिनी प्रदेश अन्तर्गत नेपालगञ्ज (कारकाँदो), जिमिरेभार, भैरहवा, बुटवल (अमरपथ), तुल्सीपुर, कर्णाली प्रदेश अन्तर्गत विरेन्द्रनगर (बिरेन्द्र चोक), जुम्ला, मुसिकोट र सुदूरपश्चिम प्रदेश अन्तर्गत धनगढी, (लक्ष्मीनारायण चोक), महेन्द्रनगर शाखा कार्यालयहरू बिहान १०:०० बजेदेखी दिउँसो २:०० बजे सम्म खुल्ला रहने बैंकले जनाएको छ। 


कामना सेवा विकास बैंक

असार २८ गते अर्थात भोली शनिबार सार्वजनिक बिदाको दिन कामना सेवा विकास बैंकले ग्राहकहरूको सुविधालाई मध्यनजर राख्दै विभिन्न स्थानमा शाखा कार्यालयहरू खुल्ला गर्ने भएको छ।

बैंकको कोशीको केराबारी र बुधबारे शाखा बाहेक अरू सबै शाखा कार्यालयहरू, मधेश प्रदेश अन्तर्गत चन्द्रपुर, गोलबजार, निजगढ, लाहान र बर्दिबास, बागमती प्रदेश उपत्यका भित्र मुख्य कार्यालय, सानागाउँ, धादिङ र गल्छी, बागमती प्रदेश उपत्यका बाहिर हेटौँडा, सार्दि र विकासचोक, गण्डकी प्रदेश अन्तर्गत डुम्रे, लेखनाथ,न्यूरोड र कुश्मा, लुम्बिनी प्रदेश अन्तर्गत बुटलका सबै शाखा, घोराही, नेपालगञ्ज र महेन्द्रनगर शाखा कार्यालयहरू बिहान १०:०० बजेदेखी अपरान्ह ४:३० बजे सम्म खुल्ला रहने बैंकले जनाएको छ। 


कुमारी बैंक

असार २८ गते अर्थात भोली शनिबार सार्वजनिक बिदाको दिन कुमारी बैंकले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै विभिन्न स्थानमा शाखा तथा विस्तारीत काउण्टरहरू खुल्ला हुने भएको छ।

बैंकको शाखा तथा विस्तारित काउण्टरहरू बिहान ११:०० बजेदेखी दिउँसो २:०० बजे सम्म खुल्ला रहने बैंकले जनाएको छ। साथै ECC, IPS, RTGS, तथा क्लियरिङ सेवा पनि नियमित रूपमा सञ्चालन हुने बैंकले जनाएको छ।




प्रतिक्रिया