नेपाल राष्ट्र बैंकद्वारा नयाँ विनिमय दर सार्वजनिक, डलरको खरिददर १३४.८० रुपैयाँ, युरो र पाउन्डको मूल्यमा पनि वृद्धि

foreign exchange

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८० पैसा र बिक्रीदर १३५ रुपैयाँ ४० पैसा कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा केही वृद्धि भएको हो।

त्यस्तै, युरोपियन युरोको खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३८ पैसा, युके पाउन्ड स्ट्रर्लिङको खरिददर १८० रुपैयाँ १४ पैसा र बिक्रीदर १८० रुपैयाँ ९४ पैसा कायम गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपैयाँ ४० पैसा र बिक्रीदर १६४ रुपैयाँ १३ पैसा कायम भएको छ।

अन्य मुद्राहरूमा पनि सामान्य परिवर्तन देखिएको छ। अष्ट्रेलियन डलर ८७/८७.४४, क्यानेडियन डलर ९७.५८/९८.०१, र सिङ्गापुर डलर १०४.५६/१०५.०२ कायम भएको छ। जापानी येन १० को खरिददर ९.४३ र बिक्रीदर ९.४७, चिनियाँ युआन १८.६८/१८.७६ कायम छ।

साथै, साउदी रियाल, कतारी रियाल, युएई दिराम, कुवेती दिनार, बहराइन दिनारलगायत अन्य प्रमुख मुद्राहरूको दरमा पनि आंशिक परिवर्तन देखिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले उक्त विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा परिमार्जन गर्न सकिने स्पष्ट पारेको छ।

प्रतिक्रिया