काठमाडौँ। हिमालयन लाइफ इन्स्योरेन्सको आठौँ वार्षिक साधारण सभा आज बस्दै छ।
कम्पनीको सभा, आम्रपाली बैंक्वेट, थिरबम सडक, भाटभटेनी नक्साल काठमाडौंमा बिहान १०.३० बजे सुरू हुनेछ। कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।
सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि छ। सभा प्रयोजनका लागि कम्पनीले जेठ २८ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, जेठ २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।
10 Asar 2082, Mangalbar 08:30 मा प्रकाशित
180