आजको मौसम अपडेट: देशभर आंशिक बदली, कतै कतै हल्का वर्षाको सम्भावना

weather forecast

काठमाडौं। आज सोमबार बिहानैदेखि देशका धेरैजसो भू–भागमा आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, पश्चिमी वायुको प्रभावले गर्दा केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना देखिएको छ।

हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ ।

काठमाडौं उपत्यकामा बिहानैदेखि हल्का बदली छाएको छ भने दिउँसो र साँझतिर मौसममा थप बदली हुनसक्ने अनुमान गरिएको छ। आज तापक्रम २६ देखि २८ डिग्री सेल्सियसको आसपास रहने अपेक्षा गरिएको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

कोशी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ। यस कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन मौसम पूर्वानुमान महाशाखालको अनुरोध छ ।

प्रतिक्रिया