नेपालमा 'Fire Safety & Electronic Security International Conference and Exhibition (FSESICE) 2025' आयोजना हुने

काठमाडौं । नेपालमा आगलागी सम्बन्धी जोखिम न्यूनीकरण र सुरक्षा प्रविधिको प्रवर्द्धनका लागि यस आप्सा नेपालले "Fire Safety & Electronic Security International Conference and Exhibition (FSESICE) 2025" सम्मेलनको आयोजना गर्ने भएको छ। सम्मेलन चैत्र २४ र २५ गते दरवार मार्ग स्थित होटल याक एण्ड यतिमा आयोजना हुने जानकारी दिइएको छ।

नेपालमा आगलागी हरेक वर्ष ठूलो जनधनको क्षति पुर्‍याउने प्रमुख चुनौतीमध्ये एक हो। यद्यपि, सरकारले र स्थानीय तहले यसमा प्रभावकारी प्रयास गरेको भए पनि अझै समुदाय स्तरमा सचेतना अभिवृद्धि र नवीन समाधानहरूको आवश्यकतालाई मध्यनजर गर्दै यस सम्मेलनको आयोजना गरिएको हो।

सम्मेलनका प्रमुख उद्देश्यहरूमा अग्नि सुरक्षा र इलेक्ट्रोनिक सुरक्षा सम्बन्धी ज्ञान, प्रविधि र समाधानहरूको आदानप्रदान, सरकारी र निजी क्षेत्रका अधिकारीहरूको ध्यानाकर्षण, तथा नियामक अनुपालन र मापदण्डहरूमा छलफल गर्ने अवसर प्रदान गर्नु पर्छ। यस सम्मेलनमा १४ विभिन्न राष्ट्रका प्रमुख वक्ताहरू, छलफल सत्रहरू र प्रदर्शनीहरू हुनेछन्।

सम्मेलनमा सहभागी हुने ८०० भन्दा बढी डेलिगेट्स, १० अन्तर्राष्ट्रिय वक्ता, ३० प्रदर्शक र ५,००० दर्शकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। यस कार्यक्रममा प्रमुख फोकस क्षेत्रहरूमा शहरी अग्नि सुरक्षा, जङ्गलको आगो, विमानन सुरक्षा, विद्युतीय सवारी साधनको आगो, र इलेक्ट्रोनिक सुरक्षा जस्ता विषयमा विशेषज्ञहरूको विचार साझा गरिनेछ।

सम्मेलनमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, र ७० नगरपालिका लगायतका अन्तर्राष्ट्रिय विशेषज्ञहरू र उद्योगका नेताहरूको सहभागिता रहने छ।

सम्मेलनका लागि दर्ता प्रक्रिया १८ मार्च, २०२५ (५ चैत्र, २०८१) भित्र खुल्ला गरिएको छ। प्रारम्भिक पक्ष छुटका लागि दर्ता गर्न चाहनेहरूका लागि अवसर उपलब्ध रहेको जानकारी दिइएको छ। सम्मेलनका लागि थप जानकारी र दर्ताका लागि आयोजकको आधिकारिक वेबसाइटमार्फत जानकारी प्राप्त गर्न सकिन्छ।

प्रतिक्रिया