काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ र बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३६ रूपैयाँ ९४ पैसा र बिक्री दर १३७ रूपैयाँ ५४ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४१ रूपैयाँ १७ पैसा र बिक्री दर १४१ रूपैयाँ ७९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रूपैयाँ १० पैसा र बिक्रीदर १७० रूपैयाँ ८५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १५० रूपैयाँ ७६ पैसा र बिक्री दर १५१ रूपैयाँ ४२ पैसा रहेको छ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रूपैयाँ ९ पैसा र बिक्री दर ८५ रूपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९४ रूपैयाँ ७८ पैसा र बिक्री दर ९५ रूपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिद दर ९९ रूपैयाँ ९५ पैसा र बिक्री दर १०० रूपैयाँ ३९ रहेको छ।
त्यसैगरी, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ७१ पैसा र बिक्री दर ८ रूपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ७१ पैसा र बिक्री दर १८ रूपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ४६ पैसा र बिक्री दर ३६ रूपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ५६ पैसा र बिक्री दर ३७ रूपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar