काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA) को हालै सम्पन्न निर्वाचनमा भुवन सिंह गुरुङ अध्यक्ष पदमा विजयी भएका छन्। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको नेतृत्वमा बनेको प्यानलबाट उम्मेदवार बनेका गुरुङले ४०० नजिक मत प्राप्त गर्दै प्रतिद्वन्द्वी नरेश गेलाललाई पराजित गरेका हुन्। गेलालले संयुक्त व्यवसायी समूहको तर्फबाट उम्मेदवारी दिएका थिए र ३६७ मत प्राप्त गरे।
संघको पूर्व द्वितीय उपाध्यक्ष रहेका गुरुङले विजयी भएसँगै संघ सबै व्यवसायीको साझा संस्था बन्ने प्रतिबद्धता व्यक्त गरे। उनले निश्चित समूहको स्वार्थ पूर्ति गर्न संघलाई प्रयोग हुन नदिने बताए।
उक्त प्यानलबाट महासचिवमा महेशकुमार बस्नेत ४२३ मतसहित विजयी हुँदा, प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ ३७५ मतसहित निर्वाचित भए। द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली ४०२ मतसहित विजयी हुँदा मधुकर रिजाल ३७८ मतमा सीमित रहे। तृतीय उपाध्यक्षमा बैकुण्ठ वैभवले ४३५ मत ल्याएर हर्कबहादुर लिम्बूलाई ३५० मतमा पराजित गरे।
सचिवमा कुन्छ दोर्जे डिङडोङले ३७४ मत ल्याउँदै अनिल बोगटी र ईश्वर सापकोटालाई पराजित गरे। कोषाध्यक्षमा धनु सिंजालीले ४२८ मत प्राप्त गर्दै बिजय हासिल गरे।
कार्यसमिति सदस्यतर्फ रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, राज लामा तामाङ, सुवर्ण लामा, हिमा गुरुङ, रमा खड्का , देवीप्रसाद गिरी, विद्यालक्ष्मी बज्राचार्य, र सुमनराज पाण्डे विजयी भएका छन्।
शनिबार बिहान विजयी पदाधिकारी तथा सदस्यहरूले निर्वाचन समितिसमक्ष पद तथा गोपनियताको शपथ लिएर मेनपावर व्यवसायीको हकहितमा सक्रिय भएर काम गर्ने प्रतिवद्धता जनाएका छन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar