राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको अवसरमा नाडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयविच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । सम्मानीय प्रधानमन्त्री श्री केपी शर्मा ओलिज्यूको प्रमुख आतिथ्यतामा सोमबार २०८१ फागुन २६ गते देखि काठमाण्डौमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको शुभारम्भ भएको छ । यो सम्मेलन २७ गतेसम्म चालु रहनेछ । 

श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयको उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन भन्ने नाराकासाथ सो सम्मेलन आज देखि प्रारभ्म भएको हो। नाडा, सो सम्मेलनको वित्तिय सहयोगिभई सो सम्मेलनको आयोजक मध्येको एक संस्था भएको छ । नाडा आफनो इतिहासमा पहिलो पटक यस्तो सम्मेलनमा सहभागी भएको हो । 

सो सम्मेलनका प्रमुख अतिथि तथा सम्माननीय प्रधानमन्त्रीज्यूको समुपस्थितिमा सो मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) बीच लागत साझेदारीमा अटोमोवाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरुलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा एउटा समझदारी पत्र (MOU) मा हस्ताक्षर समेत सम्पन्न भएको छ । सो समझदारी पत्रमा नाडाकातर्फबाट अध्यक्ष करण चौधरीले हस्ताक्षर गर्नु भएको छ । यसले रोजगारी र श्रमिकहरुको अभिवृद्धिका लागि सरकार र नेपालको नीजिक्षेत्र समन्वयात्मक रुपमा अघि बढने अपेक्षा गरिएको छ । यसलाई नाडाले सरकारको हरेक कदममा नीजि क्षेत्रलाई समेत सहभागी गराई अघि बढने संकल्पको रुपमा लिएको छ । 

उक्त सम्मेलनमा नाडाका अध्यक्ष करण चौधरीले अटोमोवाइल उद्योगमा सीप विकास र रोजगारीका विषयमा नीतिगत सुझावहरु समेत दिनु भएको छ । आफनो प्रस्तुतीको क्रममा अध्यक्ष चौधरीले नेपालमा रोजगरीको स्थिति, विदेशमा बसाइसराइ, विदेशमा बढदो बसाइ सराइले पारेका प्रभावहरु, नेपाली विद्यार्थीहरुले अन्य मुलुकहरुमा जानका लागि गरिरहेको प्रयाश र त्यसबाट देशमा परेको प्रभाव, रोजगारीका चुनौतीहरु, नेपालको अटोमोवाइल क्षेत्रले राजश्व मार्फत देशको अर्थतन्त्रमा दिएको योगदान, अटोमोवाइल क्षेत्रले दिने रोजगारीमा देखिएका चुनौतीहरु, नीतिगत सिफारिस र तत्कालै गर्नु पर्ने पहलहरुका विषयमा तथ्याङ्कमत प्रस्तुती दिनु भएको बियो । 

उक्त सम्मेलनमा नाडाकातर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रिय कार्य समिति आमन्त्रीत सदस्य नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया