काठमाडौँ। तराईका धेरै भूभागमा अहिले बाक्लो हुस्सु र कुहिरो लागेको अवस्था छ। काठमाडौँ उपत्यकाका कतिपय स्थानमा पनि हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। पश्चिमी न्यूनचापीय प्रणाली केही सक्रिय हुँदा काठमाडौँमा पनि बदली हुने महाशाखाले जनाएको छ।
काठमाडौँमा बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस थियो। दिउँसो अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ।
हुस्सु-कुहिरो र चिसोका कारण मानव स्वास्थ्य, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
14 Magh 2081, Sombar 08:21 मा प्रकाशित
68
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar