काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ऐतिहासिक उछाल आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य तोलामा ५ हजार ७०० रुपैयाँले वृद्धि भई १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ।
अघिल्लो दिन अर्थात् बुधबार सुनको मूल्य १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा यति ठूलो मूल्य वृद्धिले नेपाली सुन बजारमा नयाँ रेकर्ड कायम गरेको हो।
यसैबीच, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँ मा कारोबार भएको चाँदी बिहीबार ६५ रुपैयाँले बढेर १ हजार ९ सय रुपैयाँ पुगेको छ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव, मागको वृद्धि, र आर्थिक अन्योलताले सुनको मूल्यमा चाप परेको हो।
28 Chaitra 2081, Bihibar 12:59 मा प्रकाशित
1018