काठमाडौँ। हामीले घर बनाउनका लागि धेरै नै मेहनतको जरूरत पर्दछ। घर भनेको जीवनमा पटक पटक बनाउन सकिंदैन। घर निर्माणमा धेरै बर्षको मेहनत र परीश्रमबाट कमाएको पुजीँले मानिसले आफ्नो घर बनाउने गर्दछन्।
त्यसैले घर सबैका लागी अत्यन्त महत्वपुर्ण हुन्छ। तसर्थ शास्त्रमा घर बनाउने विभिन्न विधि वा नियमहरू पनि तोकिएका छन्। घरको सजावट, बनावट, घर बनाउनु पूर्वको काम अर्थात पूर्व तयारी र बनाइसके पछिको कामलाई वास्तुशास्त्रमा सुझाइएको हुन्छ। आजको यो लेख तपाईंका लागि उपयोगी हुनसक्छ।
सेतो, रातो, पहोलोसहित ६ प्रकारको रसले सम्पन्न, एकै वर्णले युक्त, गाई, गोरुको लागि प्रिय एवं कमलको सुगन्धले भरिएको, दक्षिण र पश्चिम दिशामा अलिकति माथि उठेको जग्गा घर बनाउनको लागि उपयुक्त हुने शास्त्रीय मान्यता छ।
वास्तु अनुसार कस्तो ठाउँमा घर बनाउने? घर बनाउँदा यसको मुख्य ढोका कतापट्टी राख्ने लगायतका विषय हुन्छन्। वास्तुशास्त्रमा भूमिलाई विभिन्न कर्म वा वर्ण अनुसार पनि विभाजन गरीएको छ।
१. ब्राम्हण भूमि
सेतो रंगको माटो भएको मधुर रसयुक्त, सुगन्ध भएको र कुश घाँसबाट युक्त भएको भूमि ब्राह्मण वर्णको कर्मका लागी उपयुक्त मानिन्छ। यस्तो प्रकारको भूमिमा ब्राम्हणले घर बनाएर बस्नु उपयुक्त हुने मान्यता छ।
२. क्षत्रीय भूमि
रातो रंगको माटो भएको कषाय रसयुक्त रक्तगन्धा र मुंज घास भएको भूमि क्षेत्रीय कर्मको लागि वा शान्ति सुरक्षा सम्बन्धी कामको लागि उपयुक्त हुन्छ। यस प्रकारको भूमिमा क्षेत्रीयहरूले घर बनाएर बस्नु उपयुक्त मानिन्छ।
३. वैश्य भूमि
हरियो रंगको माटो भएको अम्ल रसयुक्त शस्यगन्धा र काश वृक्ष भएको भूमि व्यापारमूलक एवं उब्जनीको काम गर्न उपयुक्त भूमि हो। यस्तो प्रकारको भूमि वैश्यहरुका लागी घर बनाउन उपयुक्त मानिन्छ।
४. शूद्र भूमि
कालो रंगको माटो भएको र सबै प्रकारको घासले युक्त भूमि सेवामुलक कामका लागी उपयुक्त मानिन्छ। यो भूमिमा शूद्रले घर बनाएर बस्नु उपयुक्त हुन्छ।
यसका अलावा जुन भूमिमा यज्ञका लागी उपयोगी वृक्ष वा सुगन्ध दिने वृक्ष छन् सोही भूमिमा ब्राम्ह्णीय कर्मको लागि उपयोगी मानिन्छ। तर कुनै पनि भूमिमा काँडेदार वृक्ष रहेको छ वा कठोर वृक्षहरु छन् भने त्यो क्षत्रीय कर्मका लागी उत्तम मानिन्छ। त्यस्तै कुनै भूमिमा फल लागेका वृक्ष छन् भने त्यस्ता भूमि वैश्यहरुका लागि उपयुक्त मानिन्छ। त्यस्तै पशुपालन गर्न मिल्ने भूमिहरू शूद्रका लागि राम्रो मानिन्छ।