काठमाडौँ। दोलखामा ४.५ रेक्टर स्केलको भूकम्प गएको छ।
आज साँझ ७ बजेर ५६ मिनेटको समयमा दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
यो गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ। वि.सं. २०७२ वैशाख १२ गते मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसयता निरन्तर स–साना भूकम्पको परकम्प गइरहेको केन्द्रले उल्लेख गरेको छ।
23 Kartik 2081, Bihibar 10:37 मा प्रकाशित
168
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar