कार्यालय सञ्चालनका लागि यी वास्तु ज्ञान जानिराखौँ

काठमाडौँ।   तपाईँ हाम्रो कार्य क्षेत्र, घर, पसल होस वा अफिस शुभ होस्, ब्यापार वृद्धि होस्, भन्नका लागि सर्वप्रथम त वास्तु विज्ञानलाई पनि विशेषमा ध्यान दिनु आवश्यक छ। 

बिशेषत कार्यालयमा दर्जा, पेशाका आधारमा कर्मचारीको वर्गिकरण गरिएका हुन्छ। कर्मचारीहरुको श्रम दक्षता अनुसार नै कार्यालय सञ्चालन हुन्छन्। कार्यालय सञ्चालन गर्नु पनि उत्तिकै कठीन छ जति ब्यबसायमा सफलता प्राप्त गर्न गाह्रो छ तर असम्भव भने पक्कै पनि छैन। 

कार्यालय सँगै घरका आन्तरिक डिजाईनमा घरका भित्ता, सिलिङ, भुई, रंगरोगन, तस्विरहरू राख्दा, छनोट गर्दा तपाँइले ख्याल राख्नुहुन्छ होला। हेर्दा आकर्षक लागेको भरमा तपाँईं सिधै वास्तु अध्ययन नगरी आफ्नो घर या अफिस सिंगार पटार गर्नुहुन्छ। यस्तोमा हरेक कार्यालयको डिजाइन वास्तु अनुकुल हुनु आवस्यक हुन्छ। वास्तु अनुसारको अफिस डिजाइनबाट कार्यालयका कर्मचारी र आउने ग्राहक वा आगन्तुकमा परस्पर सकारात्मक उर्जा थपिनुका साथ साथै ब्यबसायमा समेत समृद्धि आउँछ।

वास्तुको गलत प्रभाव रहेमा हामी आफैँले पनि समान्यरूपमा वास्तु अनुसार आफ्नो घर, अफिस, कारखाना वा उद्योग धन्दामा मेशीनरी सामान, फर्निचर इत्यादी उचित ठाउँमा छन् कि छैनन् भनि अनुसन्धान गर्न जरूरी हुन्छ र यदी कुनै संरचनामा वास्तु दोष भएमा दोषमुक्त हुने उपाय समेत अवलम्वन गर्न सकिन्छ। 

अस्थायी वा स्थायीरूपमा गलत स्थानमा गरिएका निर्माण र त्यहाँ राखिएका वस्तुहरूबाट उत्पन्न हुने दोष मानव जीवनमा उत्तिकै प्रभावकारी हुन्छ। कार्यालय सञ्चालन बारे केहि वास्तु विशेष कुराहरु छन् जुन हामीले बुझिराख्दा राम्रो हुनेछ। ब्रह्मांडका विभिन्न ऊर्जा– जस्तै घर्षण, विधुत चुम्बकीय शक्ति र अलौकिक ऊर्जाको साम्य विन्दु लगायत वास्तु शास्त्रको परिधि भित्र नै पर्ने भएकाले ज्यौतिषीय मतमा यी कुराहरूलाई अवलम्बन गर्ने प्रयास गर्न जरूरी छ। 

सबैभन्दा पहिले त ढोका आयातकार आकारको हुनुपर्दछ, साथ–साथै ढोका खोल्दा र लगाउँदा ढोकाबाट आवाज नआउने हुनुपर्दछ। अफिसको (रिसेप्सन) स्वागतकक्ष आग्नेयकोण (दक्षिण–पूर्ब) मा बसेर उत्तर फर्किएको हुनुपर्दछ। यसो हुनाले रिसेप्सनले बोलेका कुरा ग्राहकका निम्ति मिठासमा परिवर्तन हुन्छ।

कार्यालयमा हाकिम कक्ष नैऋत्य (दक्षिण–पश्चिम) बस्नु पर्दछ र उत्तर–पूर्व दिशातर्फ फर्किएको हुनुपर्दछ। यसका साथै अन्य वरिष्ठ कर्मचारी पनि उत्तर फर्किनु उत्तम मानिन्छ। अफिसमा प्रतीक्षाकक्ष उत्तर–पुर्ब (इशान) अथवा उत्तर–पश्चिममा (वायब्य) उत्तम मानिन्छ। पुजा कोठा ईशान र पानीको जार पनि ईशानमै उत्तम मानिन्छ। एकाउन्टेन्ट लाई पूर्व–दक्षिण (आग्नये) वा उत्तरकोणमा राख्दा उत्तम हुन्छ। मार्केटिङलाइ उत्तर–पश्चिम (वायब्ये) मा राख्नाले व्यापारमा वृद्धि हुनु जान्छ।  

जेनेरेटर–ट्रान्स्फ्रमर आदी आग्नेय कोणमा राख्नु शुभ मानिन्छ। चमेनागृह दक्षिण–पुर्ब मै उत्तम मानिन्छ। शौचालय पश्चिम दिशामा बनाउँदा उत्तम मानिन्छ। साथसाथै अफिसको मुख्य केन्द्र खुला राख्नाले कर्मचारीहरू सबैले खुसी हुन्छन्। तर ध्यान दिनुहोला अफिसमा बस्दा कहिलेपनि ढोका पट्टी आफ्नो ढाडलाई  फर्काएर भने बस्नु हुँदैन यसलाई अशुभ मानिन्छ।

प्रतिक्रिया