काठमाडौं। हाल देशमा पश्चिमी वायु, स्थानीय वायु, तथा बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावले विभिन्न भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भूभागमा पनि आंशिक बदलीको अवस्था छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको बताइएको छ। साथै, देशभर तुँवालो लागेको मौसम छ।
महाशाखाका अनुसार आगामी केही घण्टामा कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा पनि मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। यो अवस्थाका कारण देशभर फैलिएको घना तुँवालो केही मात्रामा कम हुने अनुमान गरिएको छ।
मौसमविद्हरूले मेघगर्जन, चट्याङ्ग, वर्षा, हिमपात र तुँवालोका कारण स्वास्थ्य, जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिएका छन्। विशेषगरी लामो दूरी यात्रा, पर्वतीय क्षेत्रको भ्रमण तथा कृषिकर्ममा संलग्न हुनेहरूलाई सतर्क रहन आग्रह गरिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar