धेरै राजस्व सङ्कलन गर्नेमा उपत्यकाकै ५ प्रमुख कार्यलाय

काठमाडौँ। धेरै घरजग्गा कारोबार गर्नेमा काठमाडौँ उपत्यका बाहिरका मालपोत कार्यालयहरू अग्रस्थानमा रहेता पनि राजश्व संकलनमा भने उपत्यकाकै मालपोत कार्यालयहरू अग्र स्थानमा रहेका छन्। 

गत पुस महिनामा धेरै राजश्व उठाउने प्रमुख पाँच मालपोत कार्यालय उपत्यकाभित्रकै रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ। 

पुसमा देशभरबाट सवा चार अर्ब रूपैयाँ राजश्व उठेको छ। जसमा सबैभन्दा धेरै योगदान लगनखेल, भक्तपुर, चावहिल, कलंकी, डिल्लीबजार, भैरहवा, बुटवल, कास्की, विराटनगर, भरतपुर (चितवन), इनरुवा, साँखु लगायत मालपोत कार्यालयको रहेको छ।

पुसमा ललितपुरको लगनखेल मालपोत कार्यालय बाट ४० करोड ९४ लाख रूपैयाँ राजश्व सङ्कलन भएको छ, जसमा २५ करोड ६० लाख रजिष्ट्रेसन दस्तुर, १७ करोड १६ लाख रूपैयाँ पूँजीगत लाभकर रहेको छ।

त्यसैगरी, भक्तपुर मालपोत कार्यालय बाट २९ करोड ७६ लाख रूपैयाँ राजश्व सङ्कलन भएको छ। यसमा रजिष्ट्रेसन दस्तुर १७ करोड २८ लाख र पूँजीगत लाभकर १२ करोड ४६ लाख रहेको छ।

चावहिलबाट २२ करोड ९४ लाख रूपैयाँ राजश्व उठेको छ। जसमा रजिष्ट्रेसन दस्तुर १५ करोड १३ लाख र पूँजीगत लाभकर ८ करोड ६० लाख रूपैयाँ रहेको छ। 

यस्तै, कलंकी मालपोत कार्यालयबाट २१ करोड ९४ लाख रूपैयाँ राजश्व उठ्दा रजिष्ट्रेसन दस्तुरको हिस्सा १३ करोड ८१ लाख र पूँजीगत लाभकरको हिस्सा ८ करोड ६३ लाख रूपैयाँ रहेको छ।

डिल्लीबजारबाट २१ करोड ९१ लाख रूपैयाँ राजश्व सङ्कलन भएको छ। जसमा १६ करोड १८ लाख रजिष्ट्रेसन दस्तुर र ६ करोड ३५ लाख पूँजीगत लाभकर रहेको छ।

पुस महिनामा भैरहवाबाट २० करोड ४५ लाख, पोखराबाट १७ करोड, विराटनगरबाट १६ करोड ११ लाख, भरतपुरबाट ११ करोड ४४ लाख, बुटवलबाट ११ करोड २२ लाख, इनरुवा (सुनसरी) बाट १० करोड ९३ लाख, साँखु मालपोतबाट १० करोड ३२ लाख रूपैयाँ राजश्व सङ्कलन भएको छ।

यसका साथै, मनाङ मालपोत कार्यालयबाट  सबैभन्दा कम ५५ हजार ६०७ रूपैयाँ राजश्व उठेको विभागले जनाएको छ।  यस्तै, सिर्दिवासबाट ९६ हजार, खोटाङ बजारबाट १ लाख १७ हजार, बझाङबाट १ लाख ७६ हजार, संक्रान्तीबजारबाट २ लाख ५८ हजार, ललितपुरको गोटीखेलबाट २ लाख ८९ हजार रूपैयाँ राजश्व सङ्कलन भएको देखिन्छ।

प्रतिक्रिया