काठमाडौं। आइतबार – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। देशका अधिकांश भूभागमा मौसम सफा रहेको छ भने केही पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। सोमबार पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ।
मंगलबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ। बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
केही ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा हुन सक्छ।
मौसमविद्हरूका अनुसार आगामी २४ घण्टासम्म नेपालमा कुनै ठूलो वर्षा वा हिमपात गराउने प्रणाली सक्रिय छैन।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar