काठमाडौँ। महोत्तरीसहितका मिथिला क्षेत्रमा आज छठ पर्वको रौनक छ।
आज छठको तेश्रो अर्थात् मुख्य दिन बर्तालुु निराहर बस्ने गर्दछन्। पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सक्खरको खीर प्रसाद स्वरूप खाएपछि बर्तालुको निराहार व्रत सुरू हुन्छ।
आज साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा विविध परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन्। यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ ।
श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँनगर बस्ती अहिले दुलही झैं सिँगारिएका छन्। खासगरी जलाशयमा बनाइएका घाटहरू मनमोहक छन्। बर्तालुले भोली शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिएपछि छठ विधिवत रूपमा समापन हुनेछ।
23 Kartik 2081, Bihibar 08:46 मा प्रकाशित
125
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar