काठमाडौँ । देशभर आज मौसम मुख्यतः सफा रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। यद्यपि, स्थानीय वायू र पश्चिमी वायूको आंशिक प्रभावका कारण विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ।
दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। त्यसैगरी, कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का हिमपात पनि हुनसक्ने देखिएको छ।
राति मौसम केही परिवर्तनशील रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने भए पनि अन्य क्षेत्रको मौसम सफा रहने विभागले जनाएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात सम्भावित रहेका कारण सावधानी अपनाउन आग्रह गरिएको छ।
मौसमको यस्तो अवस्था स्वास्थ्य, कृषि, तथा हवाई यात्रामा आंशिक असर पार्न सक्ने भएकाले नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar