काठमाडौं | जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायूको आंशिक प्रभाव सक्रिय रहेको जानकारी दिएको छ। यो प्रणालीका कारण देशका अधिकांश क्षेत्रमा अधिकतम तथा न्यूनतम दुबै तापक्रम बढ्ने क्रम जारी छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिए पनि अन्य भागमा मौसम प्रायः खुला छ।
बिहीबारको लागि मौसम पूर्वानुमान महाशाखाले, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा सम्भावित। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका छिटपुट स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ।
शुक्रबारको लागि मौसम पूर्वानुमान महाशाखाले, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा फाटफुट मेघगर्जनसहित हल्का वर्षा सम्भावना। यी तीनै प्रदेशका उच्च हिमाली क्षेत्रमा पनि हल्का वर्षा र हिमपातको सङ्केत।
मौसमविद्हरूका अनुसार मध्य तथा पश्चिमी तराईका जिल्लाहरूमा तापक्रम थप बढ्न सक्ने, जसले स्वास्थ्य, खेतीपाती र दैनिक गतिविधिमा असर पार्न सक्छ। त्यस्तै, मेघगर्जन र चट्याङ्गका सम्भावित घटनाबाट हुन सक्ने जोखिम न्युनिकरणका लागि सुरक्षित स्थानमा बस्न तथा सतर्कता अपनाउन आग्रह गरिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar