नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय भरतपुरमा सार्ने तयारी

काठमाडौँ।  नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय भरतपुर चितवनमा सर्ने भएको छ। 

बैंकको साधारण सभाले निर्णय गरेसँगै बैंकको केन्द्रीय कार्यालय भरतपुर महानगरपालिकाको वडा नं १० वाइपासरोड, स्थित जिल्ला सहकारी संघ चितवनको आधुनिक नवनिर्मित भवनमा सर्ने भएको हो।

बैंकको केन्द्रीय कार्यालय हाल रत्ननगर नगरपालिकाको वडा नं. १ स्थित टाँडीमा रहेको छ। बैंकको कारोबारलाई अझ बढाउने उद्देश्यले केन्द्रीय कार्यालय सार्ने बैंकले जनाएको छ। 

यसका साथै, बैंकको हाकिमचोकमा रहेको शाखामा कार्यालयले पनि स्थानान्तरण भएर सोही भवनबाट बैंकिङ सेवा दिने भएको छ। कार्यालय सार्नका लागि बैंकले भौतिक पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा पुर्याएको छ।

२०५८ असोज १२ गते देखि यस बैंकले रत्ननगर नगरपालिका १, बकुलहर, टाँडी, चितवनमा केन्द्रीय कार्यालय र टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सामा शाखा कार्यालयहरू खोली बैंकिङ सेवा प्रदान गर्दै आएको थियो।

प्रतिक्रिया