आजको मौसम: तराईमा गर्मी, कोशी र गण्डकीमा चट्याङसहित वर्षा

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव छ। आज कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश र लुम्बिनीका तराई क्षेत्रमा मौसम आंशिक बदलीदेखि सफा रहनेछ, तर दिउँसो गर्मी बढ्न सक्छ।

उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ। हाल कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतयाबदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग् सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ।


प्रतिक्रिया