काठमाडौँ। काठमाडौँका केही स्थानमा आज (सोमबार) पाँच घण्टा विधुत अवरूद्ध हुने भएको छ।
नेपाल विधुत प्राधिकरणका अनुसार आज इमाडोल - १ (बानेश्वर) फिडरअन्तर्गत च्यासल पुलदेखि बालकुमारी पुल वरिपरिका क्षेत्रमा विधुत अवरूद्ध हुनेछ। ती क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विधुत आपूर्ति बन्द हुनेछ।
कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विधुतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विधुत सेवा बन्द गर्नुपरेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार माघ १८ गतेसम्म विधुत अवरूद्ध हुनेछ। माघ १५ गते गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्र र माघ १६ गते मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्रमा विधुत अवरूद्ध हुनेछ। यस्तै माघ १७ गते शंखमुल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्र र माघ १८ गते केएससी र पुरानो एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विधुत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar