काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जनाएको छ। हाल लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहेको छ। तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ।
बिहीबार देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा तथा देशका बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थान र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शुक्रबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
यस्तै, लुम्बिनी प्रदेशसहित अन्य पहाडी भूभागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुने सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपात हुने भएकाले यसको असर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा पर्न सक्ने सम्भावना छ।
मौसमविद्हरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar