घट्यो डिजेल र मट्टितेलको मूल्य अन्य लाइ कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ। निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको जानकारी दिएको छ।

निगमका अनुसार भारतबाट आयात हुने पेट्रोलको मूल्य प्रतिलिटर ५० पैसा घटेर आएको छ। त्यसैगरी, एलपी ग्यास प्रतिलिटर ६ रुपैयाँ २७ पैसा, डिजेल ९० पैसा, र हवाई इन्धन ४२ पैसाले सस्तो भएर आएको छ।

निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य पनि समायोजन गरेको छ। पोखरा र भैरहवा विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानका लागि हवाई इन्धन ब्रेक इभन प्वाइन्टमा बिक्री गरिने जनाएको छ। निगमका अनुसार पछिल्लो मूल्य समायोजनले उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया