काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा हाल पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडी तथा अरब सागरबाट आउने जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको छ।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको अवस्थामा पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ। बुधबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशसहितका पहाडी क्षेत्रहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ भने देशका हिमाली भूभागमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि विभागले प्रक्षेपण गरेको छ।
बिहीबार पनि यस्तै अवस्था रहनेछ। विशेष गरी कोशी र सुदुरपश्चिम प्रदेश तथा अन्य पहाडी क्षेत्रहरूमा मेघगर्जनसहितको वर्षाको सम्भावना रहेको छ।
मौसमविद्हरूले सम्भावित वर्षा र हिमपातका कारण कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सबैलाई आग्रह गरेका छन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar