काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदलीसँगै मौसम मुख्यतया सफा रहेको छ।
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदलीका साथै मौसम सफा रहने अनुमान गरिएको छ। साथै, यी प्रदेशका पहाडी क्षेत्रमा एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य प्रदेशका उच्च पहाडी एवं हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar