नेपाल राष्ट्र बैंकद्वारा मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

foreign exchange

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ४४ पैसा तथा बिक्रीदर १४० रुपैयाँ ०४ पैसा कायम गरिएको छ।

यसैगरी, युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९६ पैसा, बेलायती पाउन्ड एकको खरिददर १८० रुपैयाँ २२ पैसा र बिक्रीदर १८० रुपैयाँ ९९ पैसा तोकिएको छ।

स्विस फ्र्याङ्कको खरिददर १५९ रुपैयाँ तथा बिक्रीदर १५९ रुपैयाँ ६८ पैसा रहेको छ भने अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ २० पैसा र बिक्रीदर ८८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४० पैसा तथा सिङ्गापुर डलरको खरिददर १०४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०५ रुपैयाँ २३ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा तोकिएको छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २१ पैसा र बिक्रीदर १९ रुपैयाँ २९ पैसा रहेको छ।

त्यस्तै, साउदी अरेबियन रियालको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, कतारी रियालको खरिददर ३८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ १३ पैसा र बिक्रीदर ४ रुपैयाँ १४ पैसा तथा युएई दिरामको खरिददर ३७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रुपैयाँ १३ पैसा कायम गरिएको छ।

मलेसियन रिङ्गेटको खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा रहेको छ।

स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ८० पैसा र बिक्रीदर १३ रुपैयाँ ८६ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ २९ पैसा र बिक्रीदर २० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ।

हङकङ डलरको खरिददर १७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८ रुपैयाँ ०३ पैसा तथा कुवेती दिनारको खरिददर ४५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४५४ रुपैयाँ ६० पैसा तोकिएको छ।

बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ४६ पैसा तथा ओमानी रियालको खरिददर ३६२ रुपैयाँ २० पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७५ पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। राष्ट्र बैंकका अनुसार आवश्यकतानुसार विनिमय दरमा परिवर्तन हुन सक्ने जनाएको छ।

प्रतिक्रिया