डलरको मूल्य घट्यो, कति छ अन्य विदेशी मुद्राको विनिमय दर?

काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कले आज (बैशाख १८ गते) अर्थात बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ८९ पैसा र बिक्री दर १३५ रुपैयाँ ४९ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिद दर १५३ रुपैयाँ ४६ पैसा र बिक्री दर १५४ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १८० रुपैयाँ २७ पैसा र बिक्री दर १८१ रुपैयाँ ८ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १६३ रुपैयाँ ५६ पैसा र बिक्री दर १६४ रुपैयाँ २९ पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २६ पैसा र बिक्री दर ८६ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५४ पैसा र बिक्री दर ९७ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रुपैयाँ २७ पैसा र बिक्री दर १०३ रुपैयाँ ७३ पैसा रहेको छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४४ पैसा र बिक्री दर ९ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ५६ पैसा र बिक्री दर १८ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ १ पैसा र बिक्री दर ३७ रुपैयाँ १७ पैसा रहेको छ।

त्यस्तै, थाई भाट एकको खरिद दर ४ रुपैयाँ ३ पैसा र बिक्री दर ४ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ७२ पैसा र बिक्री दर ३६ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ २६ पैसा र बिक्री दर ३१ रुपैयाँ ४० पैसा, साउथ कोरियन वन एक सयको खरिद दर ९ रुपैयाँ ४९ पैसा र बिक्री दर ९ रुपैयाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ र बिक्री दर १४ रुपैयाँ ६ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ  ५६ पैसा र बिक्री दर २० रुपैयाँ ६५ पैसा रहेको छ।

हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ३९ पैसा र बिक्री दर १७ रुपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरिद दर ४४० रुपैयाँ २६ पैसा र बिक्री दर ४४२ रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिद दर ३५७ रुपैयाँ ८१ पैसा र बिक्री दर ३५९ रुपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिद दर ३५० रुयैयाँ ३७ पैसा र बिक्री दर ३५१ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 


प्रतिक्रिया