काठमाडौँ। काठमाडौँ महानगरपालिकाभित्र पछिल्लो ९ महिनामा घरबहाल कर करिव १५ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म ९ महिनामा घरबहाल कर २ अर्ब ९ करोड ३३ लाख रूपैयाँ उठेको छ। यो रकम गत वर्षको सोही अवधिको तुलनामा २६ करोड ७० लाख रूपैयाँले बढी हो।
गत आ.व.को ९ महिनामा काठमाडौँ महानगरमा १ अर्ब ८२ कारेड ६३ लाख रूपैयाँ घरबहाल कर उठेको थियो।
यस वर्ष काठमाडौंँ महानगरको आन्तरिक राजश्व, फाँडफाँटबाट प्राप्त राजश्व र आन्तरिक अनुदान गरी समग्र आम्दानी ९.२० प्रतिशतले बढेको छ।
चालु आ.व.को ९ महिनामा महानगरले कुल ७ अर्ब १७ करोड रूपैयाँ आम्दानी गर्न सफल भएको छ। जसमा आन्तरिक राजश्व ४ अर्ब २६ करोड, बाँडफाँटबाट प्राप्त राजश्व एक अर्ब ५४ करोड र आन्तरिक अनुदान एक अर्ब ३८ करोड रूपैयाँ रहेको छ।
गत वर्षको सोही अवधिमा महानगरको कुल अम्दानी ६ अर्ब ५७ करोड रूपैयाँ रहेको थियो। यो वर्ष आम्दानी ९.२० प्रतिशत अर्थात् ६० करोड ३९ लाख रूपैयाँ बढी प्राप्त भएको देखिन्छ।
यस वर्ष महानगरको आन्तरिक राजश्व संकलन ४ प्रतिशत, बाँडफाँटबाट प्राप्त राजश्व ५७ प्रतिशतले बढ्दा आन्तरिक अनुदान ७.७८ प्रतिशतले घटेको छ।
कुन शिर्षकमा कति राजश्व संकलन?
महानगरको सबैभन्दा ठूलो आम्दानी घरबहाल कर रहेको छ, जुन ९ महिनामा २ अर्ब ९ करोड रूपैयाँ सङ्कलन भएको छ।
यस्तै, ९ महिनाको अवधिमा सम्पत्ति कर १९.७६ प्रतिशतले बढेर ९४ करोड ४६ लाख रूपैयाँ सङ्कलन भएको छ। भूमि तथा मालपोत कर ९६ लाख ७२ हजार, पर्यटन शुल्क १५ करोड १३ लाख रूपैयाँ उठेको छ।
अन्य सेवा शुल्क १६ करोड ३२ लाख, शिक्षा क्षेत्रको आम्दानी ५५ लाख, अन्य प्रशासनिक सेवा शुल्क ४१ लाख, नक्सापास दस्तुर २९ करोड १२ लाख रूपैयाँ उठेको महानगरले जनाएको छ।
सिफारिस दस्तुर ६ करोड ८९ लाख, नाता प्रमाणित दस्तुर ३६ लाख ६६ हजार, व्यवसाय रजिष्ट्रेसन दस्तुर ४६ कारोड ३४ लाख रूपैयाँ उठेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar