देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

weather forecast

काठमाडौं। नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार देशका धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको छ, जसका कारण विभिन्न स्थानहरूमा मेघगर्जन, चट्याङ र हल्कादेखि मध्यम वर्षासमेत हुने सम्भावना छ।

बिहानैदेखि काठमाडौं उपत्यकामा आंशिक बदली देखिएको छ भने दिउँसो र साँझतिर मौसममा थप बदली र छिटपुट वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना बलियो देखिएको छ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

महाशाखाले कोशी प्रदेशका केही स्थानहरूमा बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ। 

प्रतिक्रिया