काठमाडौँ। काठमाडौँ उपत्यकाका केही स्थानमा बिहीबार र शुक्रबार ५ घण्टा विधुत कटौती हुने भएको छ।
नेपाल विधुत प्राधिकरणका अनुसार आज शंखमूल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विधुत अवरूद्ध हुनेछ।
शुक्रबार केएमसी र पुरानो एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ।
कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विधुतीय वितरणलाइन भूमिगत गर्ने कार्यका लागि विधुत कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ।
17 Magh 2081, Bihibar 10:54 मा प्रकाशित
165
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar