निर्माण कार्य गर्दा पालना गर्नुपर्ने शर्तहरू र भवन निर्माण संहिता

नेपालमा कुनै पनि संरचना निर्माण गर्दा कानुनी प्रक्रिया, प्रविधि, र सुरक्षासम्बन्धी शर्तहरू अनिवार्य रूपमा पालना गर्नुपर्छ। यो लेखमा, निर्माण कार्य गर्दा ध्यान दिनुपर्ने महत्त्वपूर्ण शर्तहरू र भवन निर्माण संहिताका प्रावधानहरूबारे विस्तृत जानकारी प्रस्तुत गरिएको छ।

निर्माण कार्य गर्दा पालना गर्नुपर्ने शर्तहरू

१. सिमाना पर्खाल सम्बन्धी नियम

आफ्नो जग्गाको सिमानामा पर्खाल निर्माण गर्दा कानुनी रूपमा तोकिएको उचाइ र संरचनाको पालना गर्नुपर्छ।

छिमेकीको सुविधा अवरोध गर्ने गरी पर्खाल निर्माण गर्न पाइँदैन।

२. स्वीकृत नक्साअनुसार मात्र निर्माण गर्नुपर्ने

नक्सामा उल्लेख गरिएभन्दा कम बलियो संरचना निर्माण गर्न पाइँदैन।

यदि नक्साभन्दा फरक संरचना बनाउन आवश्यक भए पुनः स्वीकृति लिनुपर्छ।

3. कौशीको निकास उचित हुनुपर्ने

कौशी वा छतबाट पानीको निकास व्यवस्थित गर्न रेन वाटर पाइप अनिवार्य रूपमा जडान गर्नुपर्छ।

4. मलमूत्र तथा दुर्गन्ध व्यवस्थापन

आफ्नै जग्गामा सेफ्टी ट्याङ्की वा आवश्यक भए शोकपिट बनाउनुपर्छ, ताकि वरपरका व्यक्तिलाई दुर्गन्ध नआओस्।

5. सार्वजनिक बाटो तथा साझेदारी जग्गाको अतिक्रमण नगर्नुपर्ने

सार्वजनिक तथा साझेदारीरूपमा छुट्याइएको जग्गा अतिक्रमण गरेर बाटो बन्द गर्न पाइँदैन।

6. सडक, नाला, सार्वजनिक सम्पत्तिको संरक्षण

सडक, बाटो, बिजुलीका पोल, नाला, देवालय तथा सार्वजनिक संरचनामा कुनै पनि क्षति पुग्ने गरी निर्माण गर्न पाइँदैन।

7. नक्सा तथा निर्माण अनुमति अनिवार्य देखाउनुपर्ने

निर्माण स्थलमा नगरपालिका वा अन्य सम्बन्धित निकायका निरीक्षकहरू आएमा अनुमति पत्र, नक्सा, र निर्माण कार्यको विवरण देखाउनुपर्छ।

8. निर्माण सामग्री सार्वजनिक बाटोमा नराख्ने

माटो, ईटा, बालुवा, र अन्य निर्माण सामग्री बाटोमा थुपार्न पाइँदैन। यदि राखिएको पाइएमा नगरपालिका वा सम्बन्धित निकायले जफत गर्न सक्नेछ।

9. निर्माणको समय सीमा

नक्सा पास भएको मितिबाट २ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ।

सो अवधिभित्र पूरा नभएमा नवीकरण शुल्क तिरेर थप २ वर्षको समय थप्न सकिनेछ।

फेरि पनि निर्माण कार्य पूरा नभएमा नयाँ नक्सा पास गराउनु पर्नेछ।

10. सम्पन्न प्रमाणपत्र लिनुपर्ने

भवन निर्माण कार्य सम्पन्न भएपछि नगरपालिका वा सम्बन्धित निकायबाट अनिवार्य रूपमा सम्पन्न प्रमाणपत्र (Completion Certificate) लिनुपर्छ।

भवन निर्माण संहिता २०६० अनुसार पालना गर्नुपर्ने प्रावधानहरू

सामान्य पिल्लरयुक्त भवनका लागि नियमहरू

१. पिल्लरको न्यूनतम साइज

पिल्लरको साइज कम्तिमा १२ इन्च × १२ इन्च हुनुपर्नेछ।

२. ग्रिड सिस्टममा पिल्लर राख्नुपर्ने

स्वीकृत नक्सामा उल्लेख नभए अन्यथा सबै पिल्लरहरू ग्रिड प्रणालीमा निर्माण गर्नुपर्छ।

3. सिल तथा लिन्टल ब्याण्ड आवश्यक

तीन तला वा सोभन्दा अग्ला भवनका लागि गारोलाई मजबुत बनाउन सिल तथा लिन्टल ब्याण्ड बाध्नुपर्नेछ।

4. Soft Effect र Short Column Effect हुन नदिनुपर्ने

नरम तला प्रभाव तथा छोटो पिल्लर प्रभाव हुने गरी भवन निर्माण गर्न पाइँदैन।

5. Anchorage Length को व्यवस्था

पिल्लर र बिमको जोर्नीमा पर्याप्त एंकर लम्बाइ (Anchorage Length) हुनुपर्छ।

6. Strap Beam अनिवार्य

सिमानामा पर्ने वा Eccentric Footing भएका पिल्लरहरूमा Strap Beam राख्नुपर्छ।

सामान्य गारोवाला भवनका लागि नियमहरू

१. गारोको मोटाइ

गारोको मोटाइ कम्तिमा ९ इन्च हुनुपर्छ।

२. स्टिल बाध्नुपर्ने

हरेक गारोमा सिल तथा लिन्टल ब्याण्ड तथा हरेक २ फिट उचाइमा स्टिल बाध्नुपर्छ।

3. कुनामा ठाडो डण्डी राख्नुपर्ने

भवनका कुनामा तथा झ्यालढोकाको दायाँबायाँ ठाडो डण्डी राख्नुपर्नेछ।

4. झ्याल, ढोका तथा भेन्टिलेसनको उचित दूरी

कुनाबाट कम्तिमा २ फिटको दूरी राखेर झ्याल, ढोका तथा भेन्टिलेसन राख्नुपर्छ।

5. गारो र कुनाको दूरी

भवनका कुनै पनि दिशाको गारोमा कुनाबाट २ फिटको दूरी अनिवार्य राख्नुपर्छ।

भवन निर्माण गर्दा उपरोक्त शर्तहरू र भवन निर्माण संहिता २०६० का नियमहरू पालना गर्नु अनिवार्य छ। यी नियमहरूको पालना नगरेमा कानुनी कारबाही हुनसक्छ, साथै भवनको सुरक्षामा पनि गम्भीर असर पर्न सक्छ। सुरक्षित, दिगो, र वातावरणमैत्री भवन निर्माणका लागि यी शर्तहरू पालना गर्नु अपरिहार्य छ।

प्रतिक्रिया