काठमाडौँ। घर मानिसको सबैभन्दा सुरक्षित थलो हो। त्यसैले हामीले घर बनाउँदा नक्सापास गरेर मात्र निर्माण कार्य सुरू गर्दा झन्झट मुक्त भइन्छ। आजको लेखमा नक्सा पार नगरी घर बनाउँदा के हुन्छ भन्ने बारे यहाँ चर्चा गर्ने छौँ।
कसैले घरको नक्सापास गर्दा दुई तल्ले घरको पास गरेको छ र तल्ला थप्दा नगरपालिकाकै मापदण्ड अनुसार थपेको छ भने कुनै समस्या हुँदैन। आफ्नै मनमर्जीले नक्सापास गरेभन्दा बढि तल्ला थपेको छ भने जरिवाना लिएर पास गराउन सकिन्छ।
तर, मापदण्डको ख्याल नगरी मापदण्ड बिपरित आफ्नै मनमर्जीले नियम मिचेर तल्ला थपेको छ भने घरको निर्माण कार्य सम्पन्न भईसकेपछि लिनुपर्ने भवन निर्माण सम्पन्नको प्रमाणपत्र लिन पाउँदैन। अर्थात् तपाइले कानून बमोजिमको तलासम्मको मात्र निर्माण सम्पन्न प्रमाणपत्र पाउनुहुन्छ, अनुमति विना थपेको तलाको सम्पन्न प्रमाणपत्र भने पाइँदैन।
भवन निर्माण सम्पन्नको प्रमाणपत्र नभएपछि घर सँग जोडिएको कानूनी काम कारबाही गर्नबाट बञ्चित भइन्छ। यो सँगै उक्त घरले सेट ब्याकका पक्ष र बाटो मिचेको छ भने उक्त घर भत्काउनै पर्ने परिस्थिती सिर्जना हुन्छ।
त्यसैले स्थानीय सरकारको मापदण्डअनुसार तपाइले सुरूमै नक्सा पास गरी घर बनाउनु अनिवार्य छ। नक्सापास गर्दा जति तलाको अनुमति छ, त्यहीअनुसार बनाउँदामात्र निर्माण सम्पन्न प्रमाणपत्र पाइन्छ। नक्सापासबारे थाहा नपाएका उपभोक्ताहरू आफुखुसी घर बनाउँदा सबै किसिमको सुविधाबाट बञ्चित भई पछुताउनुपर्ने अवस्था आउँछ।
त्यसैले घर बनाउँदा यी कुराहरूलाई विशेष ध्यान दिएमा विभिन्न किसिमका समस्याबाट छुटकारा पाइन्छ।