काठमाडौं । आज आइतबार, देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विशेष गरी देशका पहाडी भेगहरूमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। दिउँसोको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहितको पानी पर्न सक्छ। काठमाडौं उपत्यकामा बिहानको समयमा हल्का बदली देखिएको छ भने दिउँसोबाट आंशिक बदली रहने अनुमान गरिएको छ। दिउँसोको तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म रहने देखिएको छ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरमा मेघगर्जन/चट्याङ सहित हल्का बर्षा भइरहेको छ। हाल मनसुनको अवस्थाः बंगालको खाडिको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भू-भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भू-भागतर्फ मनसुन अगाडि बढने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।