नेपाल बजार बिक्री प्रतिनिधि संघको स्थापना दिवसको अबसरमा राजधानीमा रक्तदान कार्यक्रम

जेठ १७, काठमाडौं । नेपाल बजार बिक्री प्रतिनिधि संघको स्थापना दिवसको अवसरमा  उपत्यका ईकाई कमिटिको  आयोजनामा आज जेठ १७ गते  नेपाल रेडक्रस सोसाइटी भवन, प्रदशनि  मार्ग भृकुटीमण्डपमा  बृहत रक्तदान कार्यक्रम सम्पन्न गरि उक्त कार्यक्रममा  सम्पुर्ण नेपाल बजार बिक्रि प्रतिनिधि संघमा आबद्ध सदस्य द्वारा ३५ पाउन्ड रगत रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरियो।

उक्त कार्यक्रमको संयोजक उपत्यका ईकाइ कमिटिका अध्यक्ष सरोज खनालले गर्नु भएको थियो । कार्यक्रममा विशेष अतिथिमा संघका केन्द्रीय बरिस्ठ उपाध्यक्ष प्रदिप धिताल र अतिथिमा केन्द्रीय उपाध्यक्ष नेत्र प्रसाद पौडेल,निवर्तमान महासचिव कुमार तिमल्सिना र महिला सचिव शुसिला नेपाल रहनुभएको थियो ।  रक्तदान जीवनदान जस्तो पुन्य कार्यमा  सहभागी भई रक्तदान गर्नुहुने  सम्पुर्ण साथिहरुलाई संयोजक सरोज खनालले विशेष धन्यवाद व्यक्त   गर्नुभयो।

रक्तदान कार्यक्रमको फोटो 



प्रतिक्रिया