अभियान लघुवित्तको लक इन अवधि साउन २९ गते समाप्त हुँदै

काठमाडौँ। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि साउन २९ गते समाप्त हुने भएको छ। उक्त मितिमा संस्थाको संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो।

हाल संस्थापक समूहतर्फ १५ लाख २५ हजार कित्ता र कर्मचारी समूहतर्फ १२ हजार ५०० कित्ता सेयर लकइनमा छन्। कम्पनीले आईपीओ बाँडफाँड गरेको मितिले तीन वर्षसम्म यी शेयरहरू लकइनमा राख्नुपर्ने नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार लकइन गरिएको हो।

कम्पनीले वि.सं. २०७९ साउन ४ गतेदेखि २२ गतेसम्म सर्वसाधारण (कर्मचारीसहित) लाई आईपीओ निष्काशन गरी साउन ३० गते बाँडफाँड गरेको थियो। सोही आधारमा लकइन अवधि साउन २९ गतेसम्म कायम रहनेछ।

तर, सञ्चालक समितिका पदाधिकारी तथा व्यवस्थापन तहका कर्मचारीहरूले भने सेवाबाट अवकास भएको मितिले १ बर्ष नपुगेसम्म शेयर खरिद तथा बिक्री गर्न नपाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ।



प्रतिक्रिया